×

TUNGOON

संसदीय समितिले विकास निर्माणका विषयमा अन्धाधुन्ध आदेश दिने गरेको प्रधानमन्त्री ओलीको टिप्पणी


काठमाडौं । चैत २१ गते
संसदीय समितिले विकास निर्माणका विषयमा अन्धाधुन्ध आदेश दिने गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गर्नु भएको छ । आज १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नु भएको हो । उहाँले विकास योजनामा हुने अनियमिततापछि काम रोकेर छानबिन गर्न समितिले आदेश दिने गरेको भन्दै आक्रोश पोख्नु भएको छ ।

विकास निर्माणका काम स्थगन आदेशले रोकिएमा कस्तो असर गर्छ भनेर नसोच्‍ने उहाँको भनाइ छ। प्रधानमन्त्री आलीले केही शंका लागे सकेसम्म छिटो निरुपण गर्ने र विकास निर्माणका काम चालु राखेर निरुपण गर्नुपर्ने बताउनु भएको छ ।प्रधानमन्त्री ओलीले ‘गुणस्तरमा सम्झौता नहुँने भन्दै सकेसम्म रेखदेख गरौं तर काममा रोकटोक नगर्न आग्रह गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला