×

TUNGOON

प्रधानमन्त्रीले संसद्को उपेक्षा गरेको कांग्रेसका वरिष्ठ नेता पौडेलको आरोप, प्रधानमन्त्रीले राजीनामा नदिए कांग्रेसले हटाउने चेतावनी


काठमाडौं । चैत २१ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले हटाउने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चेतावनी दिनु भएको छ । नेता पौडेलले आज नेपाल शिक्षक संघको कार्यक्रममा बोल्दै धानमन्त्रीबाट ओलीलाई हटाउन शुक्रबारको केन्द्रीय समिति बैठकले अठोट लिएको प्रस्ट्याउनु भएको छ ।

उहाँले प्रधानमन्त्रीले राजीनामा नदिएका कारण हटाउन बाध्य हुनुपरेको जिकिर गर्नु भएको छ । ओली सरकारले ७० वर्षदेखि लडेर ल्याएको व्यवस्था ध्वस्त पार्न लागेकाले सत्ताको विकल्प खोजिएको उहाँले बताउनु भयो । प्रधानमन्त्रीले संसद्को उपेक्षा गरेको नेता पौडेलले आरोप लगाउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला