×

TUNGOON

आज देशभर १२८ जनामा कोरोना संक्रमणको पुष्टि


काठमाडौं । चैत २१ गते
आज देशभर १२८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । दुई हजार ७२७ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १२८ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ ।

त्यस्तै, आज १६१ जना संक्रमणमुक्त भएका छन् भने योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार १२३ पुगेको छ ।नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु पुष्टि भएको छ । नेपालमा कोभिड–१९ का कारण हालसम्म तीन हजार ३२ जनाले ज्यान गुमाइसकेका छन् ।हाल क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा एक हजार ६१३ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला