×

TUNGOON

सरकार निर्माणमा कांग्रेसले अग्रसरता लिनुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाइ


काठमाडौं । चैत २२ गते
सरकार निर्माणमा कांग्रेसले अग्रसरता लिनुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाई रहेको छ । उहाँले संविधान कांग्रेसको नेतृत्वमा निर्माण भएको भन्दै संविधान कार्यान्वयनका लागि जनताले कांग्रेसलाई खोेजेको जिकिर गर्नु भएको छ ।

नेता सिंहले जनताबाट बहुमत प्राप्त वर्तमान सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेल्न खोजेको बताउनु भयो ।कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनुपरेको उल्लेख गर्दै नेता सिंहले पाँच वर्षका लागि जनताबाट म्याण्डेड पाएको कम्युनिष्ट सरकारले तीन वर्षसम्म पनि काम गर्न नसकेको आरोप लगाउनु भएको छ । नेता सिंहले राजनीतिक क्षेत्र सेवाको क्षेत्र रहेकाले राजनीतिक नेतृत्वकर्तामा सेवाको भावना हुनु जरुरी रहेको उल्लेख गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला