×

TUNGOON

भारतको छत्तीसगढस्थितमा माओवादी र सुरक्षाकर्मी बीच भएको भिडन्तमा परी हालसम्म २२ जना सुरक्षाकर्मीको मृत्यु, ३१ जना घाइते


काठमाडौं । चैत २२ गते
शनिबार भारतको छत्तीसगढस्थित बिजापुर जिल्लामा माओवादी र सुरक्षाकर्मी बीच भएको भिडन्तमा परी हालसम्म २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने ३१ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

सुरक्षाकर्मी र माओवादीबीच त्यहाँ ४ घन्टासम्म दोहोरो फायरिङ भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । छत्तीसगढ राज्यको राजधानी रायपुरबाट ४सय लोमिटर टाढा रहेको बिजापुर उक्त घटना भएको हो । भिडन्तपछि नक्सलवादीहरुले करिब २ दर्जन बढी हतियार पनि लुटेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला