×

TUNGOON

आफूहरू रहेको पार्टी मूल पार्टी रहेको एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको दाबी


काठमाडौं । चैत २२ गते
अध्यक्ष केपी ओली कहिल्यै नसुध्रिने एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललले आरोप लगाउनु भएको छ । आज एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षको काठमाडौ जिल्ला कमिटीको समानान्तर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीको कार्यशैली सुधारका लागि धेरै प्रयास गर्दा पनि सफल हुन नसकेको बताउनु भएको छ ।

नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओली दलाल पुँजीवादको साथमा रहेको आरोप समेत लगाउनु भएको छ । ओली दलाल पुँजीवादको साथमा रहेको र आफूहरू त्यसविरुद्ध संघर्ष गरिरहेको नेता नेपालको भनाई छ । उहाँल्े केपी ओली दलाल पुँजीवादको साथमा रहेको र आफ्नो लडाइँ पदको तानातनका लागस होइन विचारको लडाइँ भएको उल्लेख गर्नु भएको छ । उहाँले आफूहरू रहेको पार्टी मूल पार्टी रहेको समेत जिकिर गर्नु भयो । आफूहरू संगठनात्मक रूपमा कमजोर नरहेको नेता नेपालको भनाइ छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला