×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेनुहोस् आजको राशिफल


मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज शुभकार्यको चर्चा चल्नुका साथै बित्तिय संस्थाबाट सहयोग पाईने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुने तथा राज्यबाट मान सम्मान पाइनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आफूलाई कमजोर भएको अनुभूति हुने योग रहेको छ भने महत्त्वपूर्ण अवसर गुम्न सक्ने तथा कष्टकर यात्रा गर्नुपर्ला, तर वैदेशिकक्षेत्रको कार्य सहजै अघि बढ्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज सामाजिक क्षेत्रमा सफलता मिल्नुका साथै बैदेशिक कार्य अघि बढ्ने तथा कार्य सम्पादनमा सहजता मिल्नुका साथै सफल यात्रा पनि हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनुका साथै नयाँ कार्यको योजना बन्ने तथा साहित्यिक क्षेत्रमा रुची बढ्ने र धार्मिक यात्राको योग पनि छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज पढाइमा बाधा आउने योग रहेको छ भने यात्रामा सावधानी अपनाउनु पर्नेछ, तर जग्गाजमीनको कारोबार र शेयरबजारबाट राम्रो प्रतिफल मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज प्रेमीको सहयोग प्राप्त हुने योग रहेको छ भने अतिथिको रूपमा सत्कार पाइने तथा बैदेशिक क्षेत्रबाट सफलता मिल्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आफन्तको सहयोग प्राप्त हुने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनुका साथै अचल सम्पत्ती हात पर्ने योग रहेको छ शुभ समाचार पनि सुन्न पाइएला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने दाम, इनाम र प्रतिष्ठाकमाउने योग रहेको छ भने परिवारमा सुख सन्तोष छाउने तथा स्वादिष्ट भोजन पनि पाईनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज मन खिन्न हुने स्थिति आउनुका साथै अनावश्यक झमेलामा परिने र विविध समस्या खेप्नु पर्नेछ, तर साँझमा शुभ समाचार सुन्न पाईनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज लगनशीलताले कामहरू अगाडी बढ्ने योग रहेको छ भने बित्तिय संस्थाबाट सहयोग पाईनुका साथै प्रेमीको सहयोग पाईने तथा आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज धार्मिक तथा समाजसेवामा मन लाग्नुका साथै न्यायिक कार्यमा सफलता मिल्ने तथा शुभकार्यको चर्चा चल्ने र राज्यबाट सहयोग पनि मिल्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला