काठमाडौं । चैत २४ गते
सरकारले कोरोना भाइरस विरुद्धको खोप ल्याउने तत्परता नदेखाएको लेखक खगेन्द्र संग्रौलाको भनाई रहेको छ । आज बिहान समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै लेखक संग्रौलाले आफ्ना अनुपम उपलब्धी गन्नमै मस्त रहेको सरकारले खोप ल्याउने तत्परताका साथै परीक्षण बढाउने चेष्टा नगरेको बताउनु भएको हो ।

उहाँले फेरि लकडाउन लगाउनुपर्ला भनेर जनतालाई सरकारले थर्काएको आरोप लगाउनु भएको छ । । संग्रौला पाइनसक्नु चटके सरकारचैँ दूरदर्शी नेपाली मतदाताले बुद्धि पुर्याएरै बनाएको उल्लेख गर्नु भएको छ ।