×

TUNGOON

आज जनआन्दोलन दिवसको अवसर पारेर रुकुमको खलंगमा आयोजित सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड रुकुमा


काठमाडौं । चैत २४ गते
राजधानीमा राजनीतिक रस्साकस्सी चलिरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकुम जानु भएको छ । आज जनआन्दोलन दिवसको अवसर पारेर रुकुमको खलंगमा आयोजित सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड रुकुम गएको पुग्नु भएको उहाँको सचिवालयले जनाएको छ।तत्कालीन माओवादी जनयुद्धको आधार इलाका रहेको रुकुममा माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवरस पारेर कार्यक्रम गर्न लागेको हो।नयाँ सत्ता समीकरणको तयारीकै बीच प्रचण्ड रुकुम पुगेका हुन्।

उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ।सभालाई माओवादी केन्द्रका नेता जनार्दन शर्मा लगायतका नेताहरुले पनि सम्बोधन गर्न बताइएको छ। कार्यक्रमका लागि नेता शर्मा केही दिन अघिदेखिनै रुकुम पुगेका थिए।नेता शर्माले आज बिहान जनयुद्धका सहिद नरेन्द्र बुढाको सालिक समेत अनावरण गरेका छन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला