×

TUNGOON

कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्वास्थ्यमन्त्री त्रिपाठीको भनाई


काठमाडौं । चैत २४ गते
कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताउनु भएको छ । आज काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने जानकारी दिनु भएको छ । उहाँले लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताउनु भएको छ ।

लकडाउनले कोभिड संक्रमण कम हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालिन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको बताउनु भएको छ । त्यस्तै छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टीजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले जानकारी दिए । यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतङ्कित नहुन आग्रह गर्नु भएको छ । उहाँले अहिले विश्वभर ८१ प्रकृतिका खोप विकसित भइरहेको र त्यस मध्ये १३ वटा खोपहरु प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिइ प्रचलनमा ल्याएको बताउनु भयो । चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबारदेखि शुरु हुने पनि उहाँले बताउनु भयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला