काठमाडौं । चैत २५ गते
प्रचण्डले स्वार्थ नमिल्दा कम्युनिस्ट एकता फुटाएको आरोप लगाउँदै स्वार्थको राजनीति छोड्न प्रचण्डलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले आग्रह गर्नु भएको छ । उहाँले प्रचण्डले नै एमालेसँग पार्टी एकता गरेको उल्लेख गर्दै अहिले स्वार्थ नमिल्दा एकता फुटाएको उल्लेख गर्नु भएको छ ।

नेकपा एमालेसँगको एकता जोगाउन आफूहरु मन्त्री पदमा रहेको बताउँदै सांसद पद खोस्नु जनमतको अपमान भएको उहाँको भनाई छ । मन्त्री चौधरीले माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता पनि नलिने अनि सरकारमा भएका मन्त्रीहरुलाई मात्रै कारबाही गर्नु विधान विपरीत रहेको आरोप लगाउनु भएको छ ।