काठमाडौं । चैत २५ गते
समानान्तर कमिटीहरुको घोषणाले माधव नेपाललाई अन्ततः माओवादी र प्रचण्डको पोल्टामा नै पुर्‍याउने एमाले केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको भनाई रहेको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै प्रेस सल्लाहकार थापाले केही नेताको कुण्ठा र विखण्डको पछि नलाग्न कार्यकर्तालाई आग्रह समेत गर्नु भएको छ ।

माधव नेपाल पक्षले गण्डकी, वागमती र सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी घोषणा गरिसकेको छ । अन्य प्रदेशमा पनि कमिटीहरु घोषणाको प्रक्रिया अघि बढेका बेला थापाको यस्तो भनाइ आएको हो । थापाले नेकपा एमाले, जबज र सूर्य चिह्नको पक्षमा गोलबन्द भएर नै विभाजनको समस्या समाधान हुने र जनता दुई कदम अगाडि रहेको बताउदै छन्, केही नेताको कुण्ठा र विखण्डका पछि लाग्ने भूल नगर्न कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।