×

TUNGOON

दक्षिणी सुडान राज्यको राजधानी डारफर नजिकै रहेको एल जेनेइनामा दुई विद्रोहि समुहबीच भिडन्त हुँदा ४० जनाको मृत्यु


काठमाडौं । चैत २५ गते
एल जेनेइनामा दुई विद्रोहि समुहबीच भिडन्त हुँदा दक्षिणी सुडान राज्यको राजधानी डारफर नजिकै रहेको ४० जनाको ज्यान गएको छ ।संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी समन्वय कार्यालयका अनुसार सो क्षेत्रमा यही अप्रिल ३ तारिखदेखि भिडन्त भएको थियो । सो क्षेत्रमा विगतका केही महिना यतादेखि हिंसा मच्चिएको छ । विशेषगरी यी दुई जातीय समूहले आफ्ना मागको सम्बोधन हुनुपर्ने भनेर आपसमा एक अर्कामाथि हमला गर्दै आएका छन् ।

त्यहाँका स्थानीय विद्रोही समूहहरु अल मासालित र अरब ट्राइबका बीचमा सो भिडन्त भएको थियो ।भिडन्तमा परि ४०जनाको मृत्यु भएको छ भने कम्तीमा पनि ५८ जना घाइते भएका पनि बताइएको छ । संयुक्त राष्ट्रसंघीय मानवीयता सहायतासम्बन्धी समन्वय कार्यालय ओचाले त्यस क्षेत्रमा सोमबार पनि गोली हानाहान भएको जनाएको छ ।संयुक्त राष्ट्रसंघको सो कार्यालयले दक्षिणी सुडानको एल जेनियामा रहेको मानवीय सहायता वितरणको काम रोकेको छ । सुरक्षाको अवस्था गम्भीर रहेकोले अहिलेका लागि सो क्षेत्रमा सहायता वितरणको काम रोकिएको बताईएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला