काठमाडौं । चैत २५ गते
पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ । स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै सभापति देउवाले स्व जोशी भविष्यमा पार्टी हाँक्नसक्ने नेता भएको बताउनु भएको छ ।

सभापति देउवाले आगामी दिनमा कांग्रेसको काँधमा ऐतिहासिक जिम्मेवारी रहेको बताउनु भएको छ । कांग्रेस चुनाव हार्दैमा सङ्कटमा नपरेको र लोकतन्त्रलाई संस्थागत गरेमात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने सभापति देउवाको भनाई छ ।