काठमाडौं । चैत २५ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा प्रतितोला ५ सय रुपैयाँले बृद्धि भएको छ । आज छापावाल सुनको मुल्य तोलामा ८८ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आजतेजावी सुन भने आज प्रतितोला ८७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ । मंगलबार तोलामा उक हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।