×

TUNGOON

निजामती प्रशासन ‘झिङ्गे टसाइ’ सोचबाट मुक्त हुन नसकेको उपप्रधानमन्त्री ईश्वर पोखरेललेको भनाई


काठमाडौं । चैत २५ गते
निजामती प्रशासन ‘झिङ्गे टसाइ’ सोचबाट मुक्त हुन नसकेको उपप्रधानमन्त्री ईश्वर पोखरेललेको भनाई रहेको छ । समयको गतिसँगै निजामति प्रशासन परिवर्तन हुन नसकेको उहाँको भनाइ छ । पोखरेलले निजामति प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको टिप्पणी गर्नु भएको छ । ‘उपप्रधानमन्त्री पोखरेलले कर्मचारीतन्त्र आफैंमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि बताए ।

ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको उहाँको भनाइ छ ।शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी निजामति प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिकमैत्री कार्यशैलीबाट लोकप्रिय बनाउन आवश्यक रहेको पनि उपप्रधानमन्त्री पोखरेलले बताउनु भयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला