मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज बोलीको भरमा कार्य सम्पादन हुने योग रहेको छ भने कतै घुम्न जाने योजना बन्ने तथा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न पनि रहनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज विद्या र बुद्धिको विकास हुने योग रहेको छ भने मित्रबाट विशेष सहयोग मिल्नुका साथै धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज दौडधुप गर्नु परे पनि लाभ नै हुने योग रहेको छ भने रमाइलो यात्राको हुनुका साथै बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने तथा प्राविधिक काममा सफलता मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनुका साथै घर व्यवहारको समस्याले सताउने तथा नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मित्र वा आफन्तको सहयोगबाट मिल्ने योग रहेको छ भने दूरदराजको यात्रा लाभदायक हुनुका साथै नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनुका साथै वैदेशिक कार्य अघि बढ्ने तथा आकस्मिक धनलाभ होला र क्षेत्रमा सफलता मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ र शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुने तथा अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नुक ासाथै एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहने तथा घरमा अतिथिको आगमन पनि हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
जोश जाँगर र हिम्मत बढ्ने योग रहेको छ भने सुन्दर पहिरनले व्यक्तित्वका निखारता ल्याउने तथा बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आँटेको काममा सफलता नमिल्नुका साथै गरेका कार्यमा ढिलासुस्ती हुने तथा प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने योग रहेको छ भने वैदेशिक क्षेत्रबाट सफलता मिल्ने तथा बौद्धिकताको विकास हुनुक ासाथै न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज कठोर परिश्रम गर्नुपर्ने योग रहेको छ भने अनावश्यक यात्रा हुने तथा दैनिक व्यवहारमा खर्च बढ्नुका साथै प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।