×

TUNGOON

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै,बैठकमा विवादास्पद सूचना प्रविधि विधेयक पेश गर्ने सम्भावित कार्यसूची


काठमाडौं । चैत २६ गते
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । आजको बैठकमा विवादास्पद सूचना प्रविधि विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन आज बस्ने बैठकमा पेस हुन लागेको हो ।

२०७६ पुसमा संसद अन्तरगतको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसले फरक मत राखे पनि सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो । समितिबाट विधेयक पारित भएपछि कांग्रेसले विज्ञप्ती निकालेर उक्त विधेयक सच्याउन माग गरेको थियो । वाक तथा प्रकाशन स्वतन्त्रतामा अंकुश लगाउने कतिपय प्रावधान समेटिएको भन्दै उक्त विधेयकको कांग्रेससहित सञ्चारमाध्यमहरुले विरोध जनाउँदै आएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला