काठमाडौं चैत २६ गते
प्रतिगमनविरोधी शक्तिहरू मिलेर नयाँ गठबन्धन बनाउनु पर्ने जनता समाजवादी पार्टी (जसपा) का नेता महिन्द्र राय यादवले बताउनु भएको छ । उहाँले आफ्नो पार्टीले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भनेको र अहिलेसम्म यो निर्णय परिवर्तन नभएकाले प्रतिगमनकारीसँग गठबन्धन नहुने धारणा व्यक्त गर्नु भएको छ ।

उहाँले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सच्याएको र आफूहरूको समर्थन पाएरसमेत प्रधानमन्त्री ओलीले कुनै मागलाई सम्बोधन नगरेको आरोप लगाउनु भएको छ । उहाले जतिबेला संविधान संशोधनका लागि दुई तिहाइ पुग्थ्यो त्यो बेलामा कुनै चासो नभएको र अहिले दलहरूका बीचमा सहमति जुटाउन कठिन रहेको उल्लेख गर्नु भएको छ ।