×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा एक हजार रुपैयाँले बृद्धि


काठमाडौं चैत २६ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा एक हजार रुपैयाँले बृद्धि भएको छ । आज सुन तोलामा एक हजारले बढेर ८९ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

बुधबार प्रतितोलामा ८८ हजारमा कारोबार भएको थियो । त्यस्तेै तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रुपैंयामा कारोबार भैरहेको छ । यस्तै,चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर प्रतितोला १२ सय ६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य प्रतितोला १२ सय ४५ रुपैंया रहेको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला