काठमाडौं । चैत २७ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज लगनशीलताले कामहरू सहजै अगाडि बढ्ने योग रहेको छ भने चिताएको कामले तीव्रता लिने तथा ््् धर्म, कर्म तथा समाज सेवामा मन पनि लाग्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने योग रहेको छ भने मनमा उत्साहका साथै बोली बिक्नुका साथै व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै आफन्तको सहयोग प्राप्त हुने तथा व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आफूलाई कमजोर भएको अनुभूति हुने योग रहेको छ भने आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र मनमा चिन्ता र दुबिधा उत्पन्न पनि हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुने योग रहेको छ भने प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुने तथा अधुरा कार्यहरू पुरा हुनसक्छन् ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज चिताएको कामले तीव्रता लिनुका साथै वित्तिय संस्थाबाट सहयोग पाइने तथा चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ र शुभ समाचार पनि सुन्नमा आउला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने योग रहेको छ भने विश्वास गरेकाले साथ दिने तथा धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज स्थान परिवर्तनका विशेष योग रहेको छ भने रोकिएको धन हात पर्ने तथा मनोरञ्जनमा सहभागी भइनुका साथै साँझमा पैसा खर्च हुने योग छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ र नयाँ तथा शुभ समाचार सुन्न पाइएला ।