×

TUNGOON

आज दिउसो ३ बजे नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेपाली कांग्रेसका देउवाले बोलाए तीन दलको बैठक


काठमाडौं । चैत २७ गते
आज दिउसो ३ बजे नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाउनु भएको छ । सभापति देउवाले आफ्नो निवास बुढानीलकण्ठमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको बैठक बोलानु भएको को हो ।

बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णय अनुसार नयाँ सरकार निर्माण र यसमा माओवादी केन्द्र र जसपाको राय लिने बताइएको छ । देउवाको पछिल्लो कदमले सत्ता समीकरणको चलखेलमा नयाँ दृश्य देखिने संकेत गरेको छ ।सत्ता समीकरणबारे छलफल गर्न सबै विपक्षीको संयुक्त बैठक हुन लागेको यो पहिलो पटक हो । यसअघि दुई पक्षीय छलफल भए पनि ती छलफल निष्कर्षबिहीन बनेका थिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला