काठमाडौं । चैत २७ गते
आफूलाई कारबाही गर्न प्रचण्ड र माओवादी पार्टीको हैसियत नभएको नेकपा एमालेतिर लागेपछि माओवादी केन्द्रको कारबाहीमा परेका ऊर्जामन्त्री टोपबहादुर रायमाझीको भनाई रहेको छ । ऊर्जामन्त्री रायमाझीले माओवादीको निर्णयविरुद्ध आफूले कानुनी रुपमा लड्न तयारी गरिरहेको बताउनु भएको छ ।

प्रचण्डले आफ्नो स्वार्थ पूरा नभएपछि जे पनि गर्न सक्छन् भन्ने यो निर्णयले देखाको ऊर्जामन्त्री रायमाझीको भनाइ छ ।उहाँले लोकतान्त्रिक मूल्य, मान्यता र कानुनी हैसियतअनुसार आफूहरुलाई कारबाही गर्न नमिल्ने दावी गर्नु भएको छ । उहाँले मौका मिल्दा प्रचण्ड कतिसम्म गिर्दा रहेछन् भन्ने यसले देखाउँने र ओलीलाई निरकुंश, प्रतिगमन गरेको आरोप लागेको भन्दै प्रचण्डले मौका पाउँदा लोकतान्त्रिक विधिविपरीत जनप्रतिनिधिलाई मानौं आफैंले जिताएको हो जस्तो हठ राखेर कारबाही गरेको बतायनु भएको छ । माओवादीले आफ्नो पार्टीबाट निर्वाचित रायमाझीसहित लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रमु् शाहलाई सांसदबाट हटाउँदै साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेका थियो ।