काठमाडौं। चैत २७ गते
बिहीबार साँझ सप्तरीको शम्भूनाथ नगरपालिका ६ मा दुई मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।विपरित दिशाबाट जाँदै गरेका स ८ प ७३३० र स ६ प ५२४३ नम्बरको मोटरसाइकल बेलुकी पौने आठ बजे ठोकिएका थिए ।

दुर्घटनामा गम्भीर घाइते ५२४३ नम्बरको मोटरसाइकलका चालक सप्तरीको खडक नगरपालिका ९ सर्पाका ३५ वर्षीय मोहम्मद अनवर अलिको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।घाइते भएका अनवरकी ३२ वर्षीया श्रीमती निशा, ५ वर्षीय छोरा समिर र ७३३० नम्बरको मोटरसाइकलमा पछाडी सवार अग्निसाइर कृष्णसवरण गाउँपालिका २ का ४७ वर्षीय टेक बहादुर तामाङलाई उपचारको लागि रुपनी स्थित युनिक अस्पताल पठाइएको छ ।दुवै मोटरसाइकल सहित ७३३० नम्बरको मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।