काठमाडौं। चैत २७ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा ९ सयले रुपैयाँले बृद्धि भएको छ । आज सुनको मूल्य तोलामै ९ सयले बढेर ८९ हजार ९ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला ८९ हजार रुपैयाँमा कायम थियो।आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १२ सय ८० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।