काठमाडौं। चैत २७ गते
सरकारमा मन्त्री रहेका माओवादी नेताहरुको प्रशंसा गर्दै उनीहरु पदका लागि नभई निष्ठाका लागि राजनीति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भएको छ ।

आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै थापाले पार्टी विभाजन हुँदा माओवादी पार्टी छाडी नेकपा–एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रशंसा गर्नु भएको हो । उहाँले ‘टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी केवल पद प्रतिष्ठाको लागि राजनीति होइन, राजनीतिक निष्ठाको लागि सबथोक हैसियत त्याग गर्ने स्परिटसाथ लामो यात्रामा अघि बढ्नुेको जिकिर गर्नु धएको छ ।