×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । चैत २८ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज अनावश्यक ठाउँमा धन खर्च हुने योग रहेको छ भने यात्रामा मालसामान हराउन सक्नुका साथै कार्य सम्पादनमा समस्या आउने् तथा साँझमा पैसा खर्च हुने योग पनि छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै विशिष्ट व्यक्तिको सहयोग मिल्ने तथा विद्या र बुद्धिको विकास हुने योग रहेको छ भने दाम्पत्य जीवन सुखमय हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज मनमा शान्तिको अनुभूति हुने योग रहेको छ भने सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने तथा कार्य सम्पादनमा सहजता मिल्नुका साथै वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज रमणीय र सुखद् यात्राको योग रेको छ भने प्रभावकारी बोलीले सङ्कल्प सिद्ध हुनुका साथै वित्तिय संस्थाबाट सहयोग पाइने तथा दिनको उत्तरार्ध सुखद् रहनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्नुका साथै नजिकैको व्यक्तिले मन दुखाउन सक्नेछ, सचेत रहनुहोला, तर पनि उमङ्ग र उत्साह यथावत रहनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आदर्श व्यक्तिसँग भेटघाट हुने योग रहेको छ भने मनोरञ्जनात्मक कार्यमा सरिक भइनुक ासाथै शुभ र नयाँ कार्यको चर्चा चल्नेछ, तर समान सामान हराउन पनि सक्छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शुभ समाचार सुन्न पाइनुका साथै बन्धुबान्धवबाट सहयोग मिल्ने तथा राजनैतिक कार्यमा सफलता मिल्नुक ासाथै मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने तथा सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ र सामाजिक कार्यमा मन जानेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आफन्तबाट अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुने योग रहेको छ भने पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने तथा सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नुका साथै जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने तथा शुभ कार्यको चर्चा चल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज नयाँ व्यक्ति सँग भेटघाट हुने योग रहेको छ भने महिला वा मित्रबाट विशेष सहयोग मिल्ने तथा बहुमूल्य वस्तु हात पर्नसक्छ र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज प्रेमीको सहयोग प्राप्त हुने योग रहेको भने सामाजिक क्षेत्रमा रुचि बढ्ने तथा चिन्ता छाडेर चिन्तन गर्नुका साथै कलासाहित्य तथा सङ्गीतमा मन जानेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला