काठमाडौं चैत २८ गते

शुक्रबार राति भएको खेलमा इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले साँघुरो जित हात पारेको छ । उल्भ्सले फुलहमलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

उल्भ्सको जितमा एडमा ट्राओरेले निर्णायक गोल गरेका थिए। फुलहमको मैदानमा खेलको इन्जुरी समयमा ट्राओरेले निर्णायक गोल गरेका थिए ।जितसँगै उल्भ्सले ३१ खेलमा ३८ अंक जोडेको छ ।उल्भ्स लिगको १२ औं स्थानमा रहेको छ ।फुलहम २६ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।