×

TUNGOON

पदलोलुप’ प्रवृतिले देशको मर्यादामा आघात पुर्याउने काम भइरहेको एमालेका नेता भीम रावलको आरोप


काठमाडौं । चैत २८ गते
सांसद नभएर पनि मन्त्री बन्नेहरू ‘पदलोलुप’ भएको नेकपा एमालेका नेता भीम रावलले टिप्पणी गर्नु भएको छ । आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै नेता रावलले प्रधानमन्त्री ओलीले माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरूको सांसद पदसँगै मन्त्री पद गुमिसक्दा पनि फेरि मन्त्रीमा पुनर्नियुक्ति गरेपछि यस्तो टिप्पणी गर्नु भएको हो ।

उहाँले ‘पदलोलुप’ प्रवृतिले देशको मर्यादामा आघात पुर्याउने काम भइरहेको आरोप लगाउनु भएको छ । ‘उहाँले प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक प्रमाणित हुँदा पनि कुनै दायित्त्व नलिने, पार्टीको विधान, पद्धति र प्रक्रिया मिचेर पार्टी प्रणाली मानेको स्वाङ गर्ने, संसद सदस्य नभएर पनि मन्त्री पदमा टाँसिएका पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात गर्ने चरित्र नै आज देशको समस्या भएको उल्लेख गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला