×

TUNGOON

आज पश्चिम बंगालको ५ जिल्लामा ४४ सिटमा चौथो चरणको मतदान जारी,टीएमसी–भाजपाका कार्यकर्ताबीच झडप, ४ को मृत्यु


काठमाडौं । चैत २८ गते
आज पश्चिम बंगालको ५ जिल्लामा ४४ सिटमा चौथो चरणको मतदान जारी छ भने यस दौरान कयौँ क्षेत्रमा हिंसाको खबरहरु आएका छन् । कूचबिहारको सीतालकुचीमा तृणमूल काँग्रेस र भाजपाका समर्थकबीच झडप भएको छ ।झडपमा ४ जनाको मृत्यु भएको र अन्य चार जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरक्षाकर्मीले फायरिङमा उनीहरुको मृत्यु भएको दलहरूको आरोप छ । हाल सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् ।चुनाव आयोगका अनुसार बिहान ११ बजेसम्म १६।६५ प्रतिशत मतदाताले मताधिकार प्रयोग गरिसकेका छन् । यस चरणमा ३७३ प्रत्यासी चुनावी मैदानमा खडा छन् । उनको भाग्यको फैसला १।१५ करोड मतदाताले गर्नेछन् ।हावडाको ९, दक्षिण २४ परगनाको ११, अलीपुरद्वारको ५, कूच बिहारको ९ र हुगलीको १० सिटमा मतदान जारी रहेको छ । यस चरणमा एक केन्द्रीय मन्त्रीसहित ३ सांसदको भविष्य दाउमा रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला