×

TUNGOON

अबको केही दिनमै नयाँ सरकार गठन हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाबी


काठमाडौं । चैत २८ गते
अबको केही दिनमै नयाँ सरकार गठन हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गर्नु भएको छ । राजधानीमा नेपाल निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद्को कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकार गठनबारे छलफल थालिएको र छिट्टै नयाँ सरकार गठन हुने दाबी गर्नु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्न खोजेको दाबी गर्दै कर्मचारीलाई आतंकमा बाँच्न सरकारले बाध्य पारेको अध्यक्ष दाहालले टिप्पणी समेत गर्नु भएको छ ।

विधेयक बनाउँदा सरकारले कर्मचारीसँग त के आफ्नै सचिवालय, स्थायी समिति, केन्द्रीय समिति कतै पनि परामर्श नगरेको अध्यक्ष दाहालको गुनासो रहेको छ । दाहालले ‘राज्यसत्ता कब्जा गर्ने डरलाग्दो स्थिति देशमा छ, राज्यका सबै अंगमा कब्जा गर्ने रणनीति देखिएको र जनविरोधी र राष्ट्र विरोधी काम गरेको भनेर केपी ओलीलाई हटाएर मलाई संसदीय दलको नेता बनाइएको थियो तर पार्टीबाट निष्कासित गरिएको व्यक्तिलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिएको बताउनु भएको छ । उहाँले अब नयाँ गठबन्धनबाट बन्ने प्रधानमन्त्रीको हुन्छ भन्ने भन्दा पनि बेमौसमी चुनावी बाजाको पक्षमा वकालत गर्ने खालको नहोस् भन्ने आफूहरुले चाहेको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला