×

TUNGOON

देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई


काठमाडौं । चैत २८ गते
देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएको । गृहजिल्ला तनहुँको दमौलीमा शनिवार पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले जनभावना अनुसार काम गर्न नसकेकाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल थालिएको बताउनु भएको छ ।

शुक्रवार मात्रै नेपाली कांग्रेसको नेतृत्वमा ३ दलबीच भएको छलफल सकारात्मक दिशामा अगाडि बढेको वरिष्ठ नेता पौडेलले जानकारी दिनु भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार रहेको भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले त्यस विषयमा आफूले अहिल्यै नबोल्ने बताउनु भएको छ । पौडेलले नेकपा पार्टी एक हुँदा विगतमा केन्द्र र २ वटा प्रदेश सरकारमा अविश्वास प्रस्ताव आउँदा कांग्रेसले मौका गुमाएको बताउँदै कांग्रेसले त्यो बेला ठूलो मौका गुमाएको र अब आउने मौका पनि गुमाउने हो भने टाउकामा हात राखेर बस्नुको विकल्प नहुँने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला