मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनमा निरासा र शरीरमा आलस्य आउनुका साथै कार्यमा बाधा आउने योग रहेको छ भने अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने तथा व्यवसायमा मन्दी आउनसक्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज लाभदायक यात्रा हुने योग रहेको छ भने बिना प्रतिस्पर्धा फाइदा हुने तथा ्््परिवार सँग रमाइलो भेटघाट हुने योग रहेको छ रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज चिताएको कामले तीव्रता लिने योग रहेको छ भने आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुने तथा आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज कूटनीतिक नियोगको सहयोग मिल्ने योग रहेको छ भने आफन्तको सहयोग प्राप्त हुने तथा साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग पनि छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज सानातिना समस्यामा अल्झनुपर्नुका साथै स्वास्थ्य क्षेत्रमा सजगता अपनाउनु उचित हुने तथा काम बिगार्नेको सक्रियता पनि रहने देखिन्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने योग रहेको छ भने नजिकको मित्रसँग भेटघाट हुने तथा चिन्ता छाडेर चिन्तन गर्ने समय छ र शत्रु पनि क्षय होलान् ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज अतिथिको रूपमा सत्कार पाइन सकिनुका साथै भौतिक साधन जुटाउने योग रहेको छ भने व्यवसायको सन्दर्भमा रमाइलो यात्रा पनि रहला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आँटेको र ताकेको कार्य पुरा हुने योग रहेका छ भने राजनीतिक कार्यमा सफलता मिल्ने तथा जोश, जाँगर र हिम्मत बढ्नेछ र मीको सहयोग पनि पाइनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज रोकिएका काम पुनः सुरु हुने योग रहेको छ भने बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ, तर लत्ता कपडामा खर्च बढ्न सक्छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज जोश जाँगर र हिम्मत बढ्नेछ र सुन्दर पहिरनले व्यक्तित्त्वमा निखारता ल्याउने तथा एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज शुभारम्भको चर्चा चल्ने योग रहेको छ भने धर्मकर्म तथा समाजसेवामा मन लाग्नुका साथै धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा रोजगारको अवसर मिल्नेछ ।