काठमाडौं चैत २९ गते
स्पेनिस ला लिगा फुटबलमा शनिवार राति रियलको घरेलु मैदानमा बार्सिलोनालाई २–१ गोलले पराजित गर्दै शानदार जित हात पारेको छ।खेलको १३ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको २८ औं मिनेटमा टोनि क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर बनाएका थिए ।

खेलको ६० औ मिनेटमा बार्सिलोनाका ओस्कार मिनगुजाले एक गोल गरेका थिए । यस्तै खेलको इन्जुरी समय कासिरिमोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।जितसँगै रियलले ३० खेलमा ६६ अंक जोडेको छ । रियलले एट्लेटिको मड्रिडलाई हेड टु हेडमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।एक खेल कम खेलेको एट्लेटिकोको पनि ६६ अंक रहेको छ ।बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।