काठमाडौं चैत २९ गते
बढ्दो कोरोना महामारीको जोखिमसँगै सरकारले सीमाक्षेत्र अनुगमनका साथै सबै किसिमको सावधानी अपनाउनु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले बताउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै बेसार पानीको मात्र कथा हाली रहे महंगो साबित हुने भन्दै राप्रपा अध्यक्ष राणाले सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।

उहाँले भारतमा कार्यरत नेपालीहरु स्वदेश फर्कने क्रम बढेसँगै कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न उच्च सतर्कता अवलम्बन गर्नु पर्ने बताउनु भएको छ । ‘छिमेक भारतमा द्रुततर दरमा कोरोना संक्रमण बढेको विदितै छ। यसै क्रममा भारतमा कार्यरत धेरै कामदारहरु स्वदेश फर्किरहेको खबर छ।