×

TUNGOON

आज दिउँसो २ बजे नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै


काठमाडौं चैत २९ गते
आज दिउँसो २ बजे नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाको आह्वानमा बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुको पनि सहभागिता रहने छ ।पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे पश्चातलाई बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न सभपाति देउवाले बैठक बोलाउनुभएको हो ।आजको बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुने भएको छ । साथै माओवादी केन्द्र र जसपासँग सत्तासमिकरणका लागी भइरहेको छलफलको समिक्षा तथा थप रणनीति तय गर्ने जनाइएको छ । अनुसार बैठकमा १४ औं महाधिवेसनलाई केन्द्रबिन्दुमा राखेर नेताहरुबीच छलफल हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला