×

TUNGOON

इन्डोनेसियाको जाभा द्वीप केन्द्र बिन्दु बनाएर ६ म्याग्नेच्यूडको भूकम्प जाँदा ७ जनाको मृत्यु


काठमाडौं चैत २९ गते
इन्डोनेसियाको जाभा द्वीप केन्द्र बिन्दु बनाएर ६ म्याग्नेच्यूडको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ भने भुकम्पका कारण सयौ घरमा क्षति पुगेको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जाभा द्धीपको जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराइमा थियो ।रातको समयमा गएको भुकम्पका कारण भागदौड मच्चिंदा कयौं घाइते भएका छन । भूकम्पका कराण घरबारबिहीन बनेकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।यसैबीच भूकम्प पछि आउनसक्ने पराकम्पनबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरू खाली गरिएको अधिकारीहरुले जनाएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला