×

TUNGOON

पार्टीको विवादमा निर्वाचन आयोगले निर्णय नदिएको भन्दै नेकपा एमालेका नेता माधवकुमार नेपालद्वारा असन्तुष्टि व्यक्त


काठमाडौं । चैत २९ गते
पार्टीको विवादमा निर्वाचन आयोगले निर्णय नदिएको भन्दै नेकपा एमालेका नेता माधवकुमार नेपालले असन्तुष्टि जनाउनु भएको छ । आज वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले ‘निर्वाचन आयोग जस्तो संवैधानिक अंगले फैसला नगर्ने योभन्दा ठूलो विडम्बना के होला भन्दै प्रश्न गर्नु भएको छ ।

एमाले पुनर्जीवित भएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर विधान संशोधन गर्ने, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी हटाउने, माओवादी केन्द्र छाडेर आएका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध नेपाल समूह आयोग गएको थियो ।आयोगले निर्णय नदिएपछि बेठीक भयो भनेर कार्यकर्तामाझ आएको भन्दै उनले समानान्तर कमिटी गठनको बचाउ गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला