काठमाडौं चैत ३० गते
आजदिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा छलफल केन्द्रित हुने नेता भिमसेनदास प्रधानले जानकारी दिनु भएको छ ।

आइतबार बसेको पदाधिकारी बैठकले आजको बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजनबारे छलफल गर्ने तय भएको नेताहरूले बताएका छन् ।पदाधिकारी बैठकमा कार्यव्यस्तताको कारण देखाउँदै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने अनुपस्थित थिए।यसअघि २० चैतको बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय गरे पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।