काठमाडौं चैत ३० गते
सरकारको नेतृत्वबारे सहमतिबाटै टुंग्याइने पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताउनु भएको छ । चितवन पुग्नु भएका प्रचण्डले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताउनु भएको हो ।

उहाँले संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै जसमा सहमति हुने त्यसले सरकारको नेतृत्व गर्ने बताउनु भएको छ । प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको बताए। उनले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिनु भएको छ ।पछिल्लो पटक माओवादी केन्द्र र कांग्रेस नयाँ सरकार गठनको कसरतमा रहेका बेला प्रचण्डको यस्तो भनाइ आएको हो।