×

TUNGOON

चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा मृत्यु भएकाको संख्या ६ पुग्यो, १९ जना घाइते


काठमाडौ । चेत ३० गते
आइतबार बेलुका चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा मृत्यु भएकाको संख्या ६ पुगेको चितनव जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आज बिहान दिएको जानकारीअनुसार घाइतेमध्ये थप १ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो। प्रहरीका अनुसार राप्ती नगरपालिका–११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

राप्ती नगरपालिकाकै ११ नम्बर वडा कार्यालय भवन ढलान गरेर ट्याक्टरमा भण्डारा फर्किंदै गरेका मजदुर दुर्घटनामा परेका हुन्। यसअघि राप्ती नगरपालिकाकै वडा नम्बर ५ का ३५ वर्षीय खड्क लामा, सोही नगरपालिकाकै वडा नम्बर ४ का ४५ वर्षीय सीताराम श्रेष्ठ, चितवनकै खैरहनी नगरपालिका(९ का ४० वर्षीय गगन महतो, सोही नगरपालिकाकै वडा नम्बर ९ बैरहनीकी ५० वर्षकी छनिया महतो र नामथर वतन नखुलेका २४र२५ वर्षका पुरुषको मृत्यु भइसकेको छ।दुर्घटनामा १९ जना घाइते भएका छन्, तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला