×

TUNGOON

सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको कांग्रेसका केन्द्रीय सदस्य डा‍.कोइरालाको दाबी


काठमाडौं चैत ३० गते
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा‍. शेखर कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताउनु भएको छ ।

नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेकाले निकास दिने जिम्मा कांग्रेसको काँधमा आएको बताउनु भएको छ । उहाँले सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिनु भएको छ । अहिलेको गतिरोध अन्त्य गर्न कांग्रेस नेतृत्वमा सरकार बनाई निर्वाचनमा जानु उत्तम विकल्प हुने बताउँनु भएको थियो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला