×

TUNGOON

“भाग्य छोराको” टेलिचलचित्र २५ औं भाग पुरा भएको अवसरमा साँस्कृतिक कार्यक्रम गरिदै, प्रमुख आतिथि युवा तथा खेलकुदमन्त्री दावा तामाङको उपस्थिति रहने



काठमाडौं ।चैत ३१ गते
“भाग्य छोराको” टेलिचलचित्र कालिदेवी मिडिया हाउसको प्रस्तुतीद्वारा निर्मित गरिएको हो । “भाग्य छोराको” टेलिचलचित्र २५ औं भागसम्म पुग्न सफल भएको अवसरमा बृहत साँस्कृतिक कार्यक्रमका साथै बिभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान तथा कदर गरिने छ ।कार्यक्रमको प्रमुख आतिथि युवा तथा खेलकुदमन्त्री दावा तामाङको उपस्थिति रहने आयोजक सस्थाले जानकारी गराएको छ ।

कार्यक्रम आउदो बैशाख ४ गते मध्यान्ह १२ बजे रास्ट्रिय नाचघर जमलमा हुने भएको छ ।साँस्कृतिक तथा सम्मान कार्यक्रम गरिने उक्त कार्यक्रममा सम्पूर्ण कलाकार, समाजसेवी र पत्रकारहरुलाई कार्यक्रममा उपस्थितिका लागि निर्देशक बिनयक तामाङले आग्रह गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला