×

TUNGOON

वर्तमान सरकार ढलाउछौं भनेर सपना नदेख्न उर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीको आग्रह


काठमाडौं । चैत ३१ गते
वर्तमान सरकार ढलाउछौं भनेर सपना नदेख्न उर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले आग्रह गर्नु भएको छ । उहाँले वर्तमान सरकारलाई ढलाउन नसक्ने देखेपछि नेकपाबाट छुट्टिएर गएको नेकपा माओवादीले समेत समर्थन फिर्ता नलिएको दावी समेत गर्नु भएको छ । मन्त्री रायमाझीले माओवादीले समेत समर्थन फिर्ता नलिनुले अन्य दलसँग सरकार बनाउने भन्ने विषयमा सहमति र सहकार्य नभएको प्रष्ट हुने जानकारी दिनु भएको छ ।

प्रेस चौतारी नेपालले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका नेता रायमाझीले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नभएको बताउनु भघयो । एमालेले अन्य दलको समर्थन जुटाएर भएपनि सरकारमा समर्थन बनाउने दिशामा अघि बढ्ने बताउँदै प्रतिपक्षमा भएपनि निर्वाचनमा डटेर जाने उहाँको भनाइ छ । उहाँले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर निर्वाचनको मिति तोकेको विषय निरकुंशतावादी हो या लोकतन्त्रवादी भनेर समयले बताउने बताउनु भएको छ । अहिलेको अवस्थामा धेरै नेताहरुले निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै आएको उहाँको जिकिर छ । देशलाई निकाश दिने पार्टी एमाले र नेता केपी ओली मात्र भएको उनको ठम्याइ छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला