काठमाडौं । चैत ३१ गते
बुधबार नयाँ बर्षका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्नु हुने भएको छ । प्रधानमन्त्री ओलीले नयाँ वर्षका अवसरमा भोलि बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने तय भएको छ ।

नयाँ वर्षको शुभकामना, सरकारका कामकारवाही लगायतका विषयमा सम्बोधन गर्ने तय भएको बालुवाटार सा्रेतले जनाएको छ । प्रधानमन्त्री ओलीले गत वर्ष पनि वैशाख १ गते नै देशवासीका नाममा सम्बोधन गर्नु भएको छ ।