काठमाडौं ।बैसाख १ गते
यसै वर्ष कर्णाली प्रदेशको हुम्ला जिल्ला सडक सञ्जालमा जोडिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुका भएको छ ।

आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसै वर्ष हुम्लाको सिमीकोटसम्म सडक पुग्ने बताउनु भएको हो । प्रधानमन्त्री ओलीले दैनिक साढे पाँच किलोमीटर सडक निर्माण भइरहेको भन्दै विकास निर्माणका काम तीव्र रुपमा भइरहेको दाबी गर्नु भएको छ । अहिलेसम्म सडक सञ्जालमा नजोडिएको जिल्ला हुम्ला मात्रै हो ।