×

TUNGOON

बुधबार राति सम्पन्न भएको खेलमा बोरुसिया डरटमन्ड पराजित


काठमाडौं । बैसाख २ गते
बुधबार राति सम्पन्न भएको खेलमा बोरुसिया डरटमन्डलाई पराजित गर्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा सिटीले २–१ को जीत निकालेको हो ।

यसअघि घरेलु मैदानमा सिटीले २–१ को जित नै निकालेको थियो । १५ औं मिनेटमा डरटमन्डले बेलिन्गामको आकर्षक गोलले अग्रता हासिल गर्दा सिटी दबाबमा परेको थियो ।दोस्रो हाफमा डरटमन्डका इमर क्यानले पेनाल्टी एरियाभित्र बल हातले छोएपछि खेलले नयाँ मोड लिएको थियो । महरेजले पेनाल्टी गोल गरेपछि सिटी झन् आक्रामक बनेको थियो । फिल फोडेनले गोल गरी सिटीको जित सुनिश्चित गरेका थिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला