×

TUNGOON

प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा दिन नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनको सुझाव


काठमाडौं । बैसाख २ गते
प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा दिन नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले सुझाव दिनु भएको छ । बुधबार रोल्पाको सुलिचौरमा आयोजित आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनु भएको थियो ।

प्रथम सुनिल स्मृति गाउपालिका अध्यक्षकप खेलकुद प्रतियोगिताका अवसरमा सम्बोधन गर्दै निवर्तमान ऊर्जामन्त्री समेत रहेका रोल्पाका जनप्रतिनिधि पुनले प्रधानमन्त्री ओली विकास, राजनीति र सुशासनको गन्तव्यबाट विमुख भएको टिप्पणीसमेत गर्नु भएको थियो । कामको प्राथामिकता छुट्याउने र सोही अनुसार काम गर्ने क्षमता प्रधानमन्त्रीमा नरहेको अनुभव आफूले क्याविनेटमा हुँदा गरेको उहाँको भनाइ थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला