×

TUNGOON

उच्च जोखिममा परेकाले विद्यालयले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नुपर्नेमा सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको जोड


काठमाडौं । बैसाख २ गते
कोरोना भाइरसको नयाँ भेरियन्ट यसअघिको भन्दा खतरनाक भएको सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताउनु भएको छ । उहाँले नयाँ भेरियन्टका संक्रमित फेला पर्न थालेकाले उच्च सर्तकता अपनाउन सबैलाई आग्रह गर्नु भएको छ ।

उहाँले कोरोनाको नयाँ भेरियन्ट यसअघिको संक्रमणभन्दा बढी खतरनाक रहेकाले सर्तकता अपनाउनुपर्ने बताउनु भएको छ । डा.पुनले सामाजिक दुरीको सहि पालना नगर्दा पनि कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा फैलन थालेको बताउनु भएको छ । उहाँले लकडाउन नगर्नका लागि आम नागरिकहरु आफैं सचेत भएर कोरोनाविरुद्ध लड्नुपर्ने जिकिर गर्नु भएको छ । उहाँले विद्यार्थीहरु कोरोना संक्रमणको उच्च जोखिममा परेकाले विद्यालयले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नुपर्नेमा जोड दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला