×

TUNGOON

प्रधानमन्त्रीले गैर आवासीय नेपालीले राजनीतिक अधिकारबाहेक सबै हक अधिकार समान ढंगले पाउने प्रधानमन्त्री ओलीको भनाई


काठमाडौं । बैसाख २ गते
नेपालमा अहिले कायम भएको शान्तिपूर्ण र अनुकुल ब्यावसायिक वातावरणको सदुपयोग गर्दै वैदेशिक लगानी प्रोत्साहित गर्न र आफैंले समेत नेपालमै लगानी गर्न संसारभरका गैर आवासीय नेपालीलाई प्रधानमन्त्री ओलीले आह्वान गर्नु भएको छ । उहाँले नयाँ वर्ष २०७८ का अवसरमा विभिन्न देशमा रहेका नेपालीहरुलाई जुममार्फत सम्बोधन गर्दै यस्तो आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले नेपाली दुतावासका प्रमुखहरु गैर आवासीय नेपाल संघका पदाधिकारहरु र ती देशका नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी बैठकमा प्रधानमन्त्री ओलीले ठूला आयोजनाका लागि संयुक्त लगानी नेपालमा मै गर्नु उपयोगी हुने सन्देश विदेशी सम्म पुर्याउन आग्रह गर्नु भएको छ । प्रधानमन्त्रीले गैर आवासीय नेपालीले राजनीतिक अधिकारबाहेक सबै हक अधिकार समान ढंगले पाउनेसमेत बताउनु भएको छ । उहाँले आफू बसेको देश वा जन्मभूमि नेपालमध्ये कहाँको नागरिकता लिने भन्नेमा छनौट गर्ने अधिकार सम्बन्धित व्यक्तिकै रहेको धारणा व्यक्त गर्नुू भएको थियो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला